Jump to content

Talk:Kalikot District

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia



सिमनाथको चर्चा

                                    नगेन्द्र प्रसाद आचार्य 
                                    रा.न.प. १ कालीकोट 

१. सिमनाथको परिचय सिमनाथ कुनै व्यक्ति वस्तु होइनन् । रास्कोटमा सदियौ देखि मान्दै आएका देवता हुन् । सिमनाथ कालीकोट जिल्लाको रास्कोट दरामा पुजा गर्ने गरिन्छ । सिमनाथको मन्दिर (थान) हाल रास्कोट नगरपालिकाको वडा न. ४ को वसन्तपुरमा अवस्थित छ । पश्चिम नेपालमा मस्टो र नाथ देवतालाई कुल पुजाका रुपमा पुजा गर्ने परिपाटी सनातन धर्म परम्पराबाट हुदै आएको पाइन्छ । अर्को तर्फ भारतको उत्तराखण्ड, कुमाउ, गडवाल र नेपालको खस बाइसे राज्यमा शक्ति भक्तिका रुपमा मस्टो देवता मान्दै आएको पाइन्छ । मस्टो परम्पराको विकास कहिले देखि भयो भन्ने ठोस तथ्य पाउन सकिएको छैन जानकारहरुको मत मतान्तर फरक हुन गएको भेटिन्छ । मस्टोको विस्तृत अध्ययन अनुसन्धान गर्न सरोकार वाला पक्ष लाग्नु पर्ने आवश्यकता छ । सिमनाथको सम्बन्ध सिञ्जा पति महाराजसँग जोडिएका लोकोक्ति प्रशस्त पाइन्छन् । खस संस्कृति, खस राज्यसंगै सिमनाथको सम्बन्ध जोडिएकाले नागराज हुदै वलिराजका सन्तानको कही कतै सम्बन्ध रहेको हुनु पर्छ । यस ठाउँमा मस्टो र नाथ देवतालाई पुज्ने भएकाले सिमनाथ नाथ वर्गमा पर्ने देवता हुन् । सिमनाथलाई भोलेबाबा हुन सक्ने अनुमान गर्न सकिन्छ । सिमनाथको रजन थली सिउना डाँडो मानिएको कुरा लोक उचेडामा व्यक्त गरेको पाइन्छ र आज पनि यही ठाउँमा रहेको छ । आफू भाइलु सिउना डााडा हामी हिमाल चुल हाम्मा पाटन अरु के छ चुन, चवा कमलका फूल आफू भाइलु सिउना डाँडा रजन थली बसी साङ्ग्री बाङ्ग्री जिउला हेर्ने डाँडा माथि बसी ।

माथिको लोक गाथामा सिमनाथ नौ दुर्गा देवीका एक्ला भाइ हुन सक्ने अनुमान गर्न सकिन्छ । हामीहरु अग्ला अग्ला हिमालमा बसेकी र तिमी रास्कोटको गाउँवस्तीमा रहेको अग्लो डाँडोमा बसी रमणीय दृश्य हेरेर बसेका छौ । आफूसँग घाँस, चुन, चवा र भीरमा फूल्ने कमल बाहेक  अरु केही नभएको सन्दर्भ उल्लेख गरेको पाइन्छ । हामी भोक भोकै लेकमा बस्ने भाइ भने अन्नको भण्डार भएको साङ्ग्री र बाङ्ग्री निउला रोजेका छौ भन्ने अभिव्यक्तिबाट आदि कालदेखि सिमनाथ सिउना डाँडाबसेको हुनुपर्छ । 

बस बैना हिमाल चुल पटमरको नेजा दिउला बस दिदै हिमाल चुल तामा छत्तर पठाइ दिउला बस बैना मालिका मै नयाँ नौलो पुगाइ दिउला । हिमाल चुलबाट बहिनीले भनेको प्रश्नको उत्तरमा माथिको उचेडा सिमनाथले भनेको हो । सिमनाथले मेरो रक्षाका लागि भए पनि हिमालमा बस नयाँ नौलो, तामा, सुन, चाँदी, नुवागी पहिला तपाईलाई दिउँला पठाउँला भनेको जनास्थाबाट स्पष्ट हुन सकिने आधार हो । सिमनाथको साथमा बगाने खोली रहेको छ । बगाने सिमनाथको वाहान मानिन्छ । बगानेको भाकल गरेपछि मन आकांक्षा पुरा हुने जन विश्वास रहेकोको छ । बगाने रास्कोटका छनियारका साथमा सधै रहने गर्छ भन्ने अर्को जनोक्ति हो । सिञ्जा राज्यका शासकहरु नै सिमनाथका मुख्यार मानिएका छन् । बाह्रभाइ मस्टा ( रमाल मस्टो, दाह्रेमस्टो, सिममस्टो, लाटेमस्टो, धवलपुरो मस्टो, कालाशिल्लो, दुधेमस्टो, खापर मस्टो, थार्पमस्टो, ढुसेमस्टो, ) को रजन थली नै सिमनाथको मण्डप हो । यहाँ हरेक शुक्ल पक्ष पूर्णिमाका दिन पूजा गरिन्छ । भाद्र शुक्ल चर्तुदशीका दिन बृहत जात्रा लाग्छ । नौ सय रास्कोट, बाह्रबीस साान्नी, लालु लोखाडा, चौध सय कुण्डा र पलाता क्षेत्रमा शिवनाथको अनेक नामले पुजाआजा गर्दछन् । लालु लैफुको आला धनीको रक्षक रहेको सिमनाथका धामीको कथन रहेको छ । अर्को तर्फ भोटका राक्षसलाई हराएर जनताको रक्षा गरेको र तुलछा जडेनीलाई माया गरी सिमनाथलाई साथ दिइएको हुनाले सिमनाथको गाथामा तुलछा जडेनीको प्रसङ्ग जोडिइको पाइन्छ । २. सिमनाथको नामाकरणर र उत्पति सिमनाथ देवता हामी सबैले मानी आएको द्यौता हो । हामी खस सभ्यतामा बाह्र भाइमस्टो र नौ दुर्गा देवी मान्ने चलन आज पनि छ । यिनीहरुको नामाकरण के कसरी गरिएको होला भन्नेमा हामी चिन्तनशील छौ तर ठोस धरातलमा पुग्न सकेका छैनौं । आज म रास्कोटको साझा द्यौता सिमनाथको नामाकरण र उत्पतिलाई सँगै उल्लेख गर्न सकिने आधारमा मत मतान्तर रही आएको छ । १. शिव जी महादेवको नाममा शिव शब्दको उच्चारणमा अपभ्रशं भई सिमनाथ हुन गएको मान्न सकिन्छ । शिव भोलेनाथ कैलाश मानसरोवरबाट बण्डाल, मलहर हुदै नेपाल पशुपति जाने क्रममा यही बाटो भएर आएको हुन सक्ने अनुमान गरिएकाले शिवबाट शिमनाथ हुदै सिमनाथ हुन गएको पाइन्छ । मलायगिरी देउरा पाटन हुदै सिउना डाँडा बास बसी गएको हुनाले यहाँ शिव जीलाई पुजा गर्न सिमनाथ भनी पुजा गर्न थालिएको बुढापाकाले बताएका छन् । २.शिव जी महादेव सत्यदेवीका मृत्यु वियोगमा सत्यदेवीको मृत शरीर बोकी हिड्ने क्रममा मलायगिरी देउरा पाटनमा सत्यदेवीको आङ पतन हुन गई बनेको देउरा मालिका शक्ति पीठ देउरा पटनमा मालिका माताको जन्म भएको भन्ने प्रसङ्ग कृष्किृन्ध पुराणमा उृल्लेख गरिएकाले विरक्तिएका शिव जीले विश्राम गरेको ठाउँ हुन सक्ने भएकाले शिवको नाम उच्चारण गर्दा ‘व’ वर्ण लोप भई ‘स’ वर्णको प्रयोग गरिएको हुँदा सिमनाथ रहन गएको हुनुपर्छ । ३.चन्दननाथ बाबा काश्मिारबाट मानसरोवर, कैलाश पर्वतको तीर्थ यात्रामा जाँदा उनी यही रास्कोटको बाटो भएर आएको अनुमान गर्न सकिने भएकाले उनका साथमा आएका अरु नाथहरु शिवनाथ, भैरवनाथ, ठाकुरनाथ, छायानाथ समेत आएका हुन सक्छन् । सिजापति महाराज वलिराजसँग चन्दननाथको भेट भई सिजापति कल्याल वंशी महाराजले सिद्ध बाबा चन्दननाथलाई जुम्ला खलङ्गामा बसालेको खस वंशावलीमा उल्लेख गरेकाले अन्य नाथहरुलाई समेत आफ्नो राज्यमा बस्न बाध्य बनाएकाले शिवनाथ रास्कोट र छायानाथ मुगु रहेको तथ्यका आधारमा चन्दननाथसँगै शिवनाथ आएको हुनुपर्छ । रास्कोटमा वलिराजका सन्तान कल्याल वंशी राजा रहेको इतिहासमा उल्लेख भएकाले र उनीहरुनै अहिले सिमनाथका हर्ताकर्ता रहेकाले सिमनाथको उत्पति र स्थापना भएको हुनुपर्छ । ४. मनुस्मृतिमा स्वम्भुलाई पवन पुत्र भनिएकोले देवताका राजा इन्द्र र उनका देव मण्डलहरु, बाह्र भाइ मस्टो, नौ दुर्गा देवीको क्रीडा स्थल रास्कोट देव भूमि, तपो भूमि भएको सहजै अनुमान गर्न सकिन्छ । यहाँ बाह्र भाइ मस्टाको एकै ठाउँ र एकै पक्षमा पुजा हुने भएकाले ‘स्वम्भुनाथ’ शब्द अपभ्रंश भई ‘सिमनाथ’ हुन गएको देखिन्छ । ५. रास्कोटको नामाकरण जोडिएको एउटा प्रसङ्मा ‘रास्कोट’ जलन्धर राक्षसको राज्य भएको कुरा देवीचन्द्र जैसीको मस्टो सुर्मादेवीको इतिहासमा उल्लेख गरिएकाले यहाँको राक्षसको राज्य पतन गर्न स्वर्गबाट देव राजा इन्द्र, वायु पुत्र पवन, स्वम्भु, नौ दुर्गा देवी, बाह्र भाइ मस्टो, देव रुपी सिँयालो, सुन्दर, कुडारे जस्ता तेजस्वी देवले राक्षसको पतन गरी देव भूमि बनाएकोले स्वम्भु राज्यको स्थापना गरी स्वम्भुलाई सिउना डाँडामा बसाली अन्य बाह्र भाइ मस्टालाई बाह्र काँणामा राखी बसेको हुनुपर्छ जो आज पनि छ । त्यसैले यही आधारमा स्वम्भुबाट नै सिमनाथ नाम रहन गएको देखिन्छ । ६. स्वम्भुनाथको बास स्थान भएकाले यस ठाउलाई स्वम्भु स्थान, स्वम्भु स्थान भनी बोलाउँदै जाँदा ‘स्वम्भुना ’ हुदै स्युना उच्चारण गर्दा सजिलो हुन गएकाले ( स्वम्भु—यु=स्यु+ नाथ—ना =स्युना) स्वम्भुनाथको सरलीकरण रुप स्युना भनिएको आकलन गर्न सकिन्छ । त्यसैले स्युनाको नामाकरण पनि स्वम्भुनाथ बाटै भएको पाइन्छ । ७. सिमनाथ भनी बोलाउँदा बोलाउदै झन्झटिलो हुने र भाषा परिवर्तन शील भएकाले मान्छेले कठिन शब्दको उच्चारण गर्न अप्ठेरो मान्ने भएकाले शब्दमा ‘सिम’ भन्दा ‘सिउ’ ‘म’ वर्ण ‘उ’ वर्णमा परिवर्तन भई ‘सिउ’ भएको र ‘नाथ’ ‘थ’ वर्ण उच्चारण गर्न छोडेकाले ‘सिउ’ शब्दमा ‘ना’ योग भई ‘सिउना’ भन्न लेख्न सजिलो छ । त्यसैले सिमनाथबाट सिउना बनेको पाइन्छ । यसरी सिमनाथको नामााकरणका आधारमा सिमनाथको उत्पति भएको अनुमन गर्न सकिन्छ । अर्को तर्फ बडी मालिका र सिमनाथको समबन्ध प्रगाढ रही आएकाले रास्कोेटको मानव वस्तीसँगै स्थापना भएको हुनु पर्छ । सिमनाथको मन्दिर थानका ढुङ्गा पाण्डवको पालामा बनाएका मुग्राहा (धारा) पञ्च देवल र गाडिएका खम्बा चिनिएका ढुङ्गा जस्तै चिनिहेकाले यो मन्दिर पाण्डवको पालामा निर्माण भएको अनुमान गर्न सकिन्छ । थान भन्दा उत्तरमा पुरानो मुग्राहा छ । हाल धारामा पानी छैन । नजिक गाउँ वस्तीका कारण मुहान सुकेको छ । मन्दिर भन्दा दुई, तीन सय मिटर दक्षिण चाटेकुलामा साना तिना गरी चार खम्बा छन् । उक्त खम्बाको अध्ययन हुन सकेको छैन् । खम्बामा लेखिएको भाषा बुझ्न नसकिने लिपिमा भएकाले यथार्थ भन्न सकिएको छैन् । चाटेकुलाको बिचमा रहेको सानो पातलो खम्बाको उत्तरको भागका नेपाली लिपीको प्रयोग गरिएको देखिन्छ । शिला टुटे फुटको हुनाले स्पष्ट बुझिदैन् । खम्बामा ‘साके’ लेखेको र अंकमा १६० माथि र तल ५ जस्तो छ । ‘विजैपुर’ लेखेको समेत बुझिने भएकाले विजयपुर नजिक सिमनाथ र स्युना चर्चा लामो रहेको छ । ३. सिमनाथको पुजाआजा सिमनाथको कसले मान्छन् भन्ने कुरा माथि उल्लेख गरिसकेको छ । सिमनाथ रास्कोट दराका साझा द्यौता हुन् । यिनको भाकल गरेपछि सबैको मनोकाक्षा पुरा हुने जनविश्वास आजसम्म कायम रहेको छ । सिमनाथको वाहान बगाने खोली हो । बगानेलाई रातो धजा, मास चामल र पखिरे (कुखुरा) चढाएमा सोच जति कार्य गर्न सकिन्छ भन्ने जनास्था छ । सिमनाथको मुल धामी सानो विजयपुरका स्व. जसबहादुर शाहीका सन्तानहरु हुने गरेको पाइन्छ । हाल आएर पाल्सी शाही, जुवारीलाल शाही, हेमराज शाही रहेका छन् । कल्याल वंशी शाही ठकुरीहरु विशेष गरी सिमनाथका मुख्य कर्ताका रुपमा रही आएका छन् । माथि स्युना, बर्खेढुङ्गा, लहरेला, हिप्कोट, ठूलो विजयपुर, गैरा उपरगाउँ र तिर्खाती गाउँका कल्याल वंशी वलिराज, सुर्ति शाही, भान शाही, चाँपराजका सन्तानको अग्र सरतामा सिमनाथको पुजा आजा गरिन्छ । हाल हिप्कोटका पदम बहादुर शाही, बाहुन सिउनाका नमराज उपाध्याय र ताम्तीका स्व. जसिराम धामीका सन्तानको विशेष भूमिका रहन्छ । सिमनाथको होमन पुजा साराकोटका उपाध्याय ब्राह्मण शिवराज उपाध्याय र उनका छोराहरु रामप्रसाद, भोजराज, नगराज र मिमराज उपाध्यायले गर्दै आएका छन् । हिजो पनि यिनीहरुका सन्तानले गरेका र आज पनि यिनीहरुले गरी रहेका छन् । सिमनानथको मूल पुजारी बामनथानका स्व. परेगराज धमालाका भाइ छोराहरु हरिचन्द्र धमाला, कृष्णप्रसाद धमाला, काशी धमालाहरुले मन्दिरमा पुजा आरधाना गर्दै आइरहेका छन् । समग्रमा भन्नु पर्दा धनञ्जय ऋषिका सन्तान धनञ्जय गोत्री ब्राह्मणबाट होम पुजा र मुल पुजा गर्दै आएको पाइन्छ । सिमनाथका पुजारी र बडी मालिकाका समेत एउटै परिवार भएको हुनुले मालिका माता अनि सिमनाथको सबन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ । ४. धवलपुरो र सिमनाथको सम्बन्ध धवलपुरो बाह्र भाइ मस्टाको एक भाइ हो । यो देवता रास्कोट लगायत नेपालको मस्टो परम्परा रहेको ठाउँमा पुज्ने गरिन्छ । खस सभ्यताको अध्ययनले के देखाउँछ भने मस्टो परम्परा नै कर्नाली राज्यमा बलियो रहेको भन्न सकिने आधार विभिन्न खोज अनुसन्धानले बताएको छ । तिब्बतको खिरीबाट आएका नागराजले स्थापना गरेको सिञ्जा राज्य कुनै बेला नेपालका शक्ति शाली , सम्पन्न र विशाल क्षेत्रफल रहेको कुुरा बाइसे चौबिसे नेपालको इतिहासबाट बुझिन्छ । बाइसे राज्यको इतिहास पुस्तकमा राजा बिक्रम शाहीले बौद्ध गुम्बाको संरक्षण गरी डोल्पा गुम्बातारा स्थित धाङ्सा गुम्बाको संरक्षणमा महत्व पूर्ण भूमिका निर्वाहा गरेका छन् । (अधिकारी सूर्यमणि पृष्ठः ४५,४६ ) हुम्लाको रेलिङ गुम्बामा भेटिएको नेपाली भाषाको प्रचीन अभिलेखले के जनाउँछ भन्दा खस संस्कृतिमा बौद्ध धर्मको प्रभाव रहेको सहजै अनुमान गर्न सकिन्छ । पाडण्वबाट निर्माण गरिएका मानिने पाटी पौवा, मठ मन्दिर , पञ्च देवल र मुग्राहाहरु पनि बौद्ध धर्मको स्तम्भका रुपमा मानन सकिने देखिन्छ । नेपालको स्वम्भुमा बौध धर्म दर्शनबाट प्रेरित भए झै रास्कोटको सिमनाथ स्वम्भुको शाखा वा पशुपतिनाथको भोलेबाबा को कुन हो छुट्याउन कठिन छ । नेपालमा जन्मेको बौध धर्म र सनातन हिन्दु धर्मको बिच धेरै विभेद नरहेकाले यसको सिमनाथको स्रोत शिव जी नै हुन । सिमनाथको पुजा गर्दा एक पटक भाद्र शुक्ल चतुर्दशीका दिन रास्कोटका बाह्र भाइ मस्टाको राम जात्रा हुदै रहेछ । रास्कोटका बाह्र देवका धामी जम्मा भइसकेका रहेछन् । पुजामा गौउतको जिम्मा पण्डित बइतेलले लिएका रहेछन् । उनी बइतेल नाम गरेको उरन्ठेउला स्वभावका रहेछन् । बाह्र भाइ मस्टाको तौल गर्ने भनेर गाई मुत्र नल्याई आफ्नो पिसाब ल्याएछन् । गौ मुत्रको अभिषेक नबनाई मानव मुत्रको बनाएछन् । एघार मस्टाका धाम िआाउदै अभिषेक खाँदै बसी सकेका रहेछन् । साँगटियाको धवलपुराको धामी सार्की जातका रहेछन् । उनी आफ्नो ताम झाम हातमा घण्टा, काँधमा घुघुुरा माला , अक्षेता सहित थान प्रवेश गरेछन् । उनलाई धवलपुरो प्रकट भएछ । धामी नाच्दै गरका रहेछन् । बइतेलले उनलाई त्यही अभिषेक खुवाउन आएछ । यहाँ भन्दा अगाडिका सबैले खाई सकेका थिए । उसले हातमा दिन खोज्यो तर मागेन छन् । त्यती ठूलो जात्रामा म दोपायाको गौत खादैन नर जात्रा हो भनेर बइतेलको हातबाट खोसेर सबै पोखिदिए छन् । बइतेलले देवता भनेको धवलपुरा मात्र हो, अरु कसैले मान्छेको पसिाब भन्न सकेनन् भन्यो छ । त्यस दिन देखि धवलपुराको धामी नपुगुन्जेल सिमनाथको होम मेधा गरिदैन । सिमनाथका होमन पुजामा अनिवार्य रुपमा धवलपुराको धामी पुग्नै पर्ने हुन्छ । धवलपुराको धामी साँगटियाका स्व. ददिमले सार्कीका भाइ छोरा खुड्के सार्कीका रहेका छन् । यती मात्र होइन सिमनाथको छल, बल र अवतारका बारेमा बुढापाका कैयन कुरा सुनाउँछन् । लैफुको सल्लोलाई श्राप दिइएको हुनाले अहिलेसम्म पनि होचो नै छ । ५ सिमनाथले बोकेको सम्भावना र अवसर रास्कोटमा रहेको सिमनाथका बारेमा प्रचार प्रसार गर्न सक्ने हो भने हिजोको विशाल खस राज्यको महिमालाई विस्तृत रुपमा प्रकाश पार्न सकिन्छ । यहाँको धार्मिक महत्वलाई संसारमा चिनाउने मौका हुने छ । रास्कोट क्षेत्रले जिवन्त राखेको संस्कारलाई आय आर्जनको रुपमा लिन सकिने देखिन्छ । कला, साहित्य र संस्कृतिको संरक्षण संवद्र्धनले पर्यटन क्षेत्रमा विकासको बाटो खुल्ने छ । बाह्र भाइ मस्टाको संग्रहालय बनाउने हो, भने सिमनाथलाई विश्वमा खोज अनुसन्धानको क्रममा रहको मस्टो धार्मिक परम्पराको अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सके ओजेलमा परेको देउरा पाटन मालिका, मलायगिरी, बाह्र पाटन पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने छ । सिमनाथको आसपामा रहेका बाह्र भाइ मस्टा, नौ दुर्गा भवानीलाई धार्मिक पर्यटकीय हवका रुपमा लिन सकेमा भोलिको सुन्दर रास्कोट, समृद्धि कालीकोट र असल गन्तव्य कर्णाली बन्न सक्छ । जय सिमनाथ जय छनियार ।

                  समाप्त  — Preceding unsigned comment added by Nagendra Acharya (talkcontribs) 12:13, 7 June 2020 (UTC)[reply]